फरार अभियुक्तलाई धमाधम पक्राउ

फरार अभियुक्तलाई धमाधम पक्राउ

कहिरन समाचार

जिल्ला प्रहरी कार्यालय रौतहटलगायत मातहत रहेका जिल्लाका सम्पुर्ण प्रहरी युनिटले फरारको सुचीमा रहेका अभियुक्तलाई पक्राउ गर्न तदारुकता देखाएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटले गत पुस १४ गतेदेखि फरार अभियुक्त पक्राउ अभियान नै संचालन गरेका छन । अभियान संचालन गरेयता  विभिन्न मुद्दामा दोषी ठहर भै फरारको सुचीमा रहेका १२ जनालाई जिल्लाको विभिन्न स्थान बाट पक्राउ गरी कानुनी कार्वाहीको दायरामा ल्याईएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।

त्यसैगरी यसअघि यस  आर्थिक वर्षको साउनदेखि पुस १३ गतेसम्म जिल्ला प्रहरी तथा मातहतका युनिटहरुले अनुसंधानको क्रममा फरार रहेका ६२ तथा फैसला कार्वान्यनका लागि ३८ जना फरार अभियुक्तलाई पक्राउ गरिएको एसपी बुढामगरले जानकारी दिए । पक्राउ अभियुक्तसँग जिल्ला अदालतले तोकेको २ लाख ७५ हजार ६८४ रुपैया जरिवाना असुल प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले बताए ।

त्यस्तै अदालतको फैसला अनुसार  २१ वर्ष १ दिन कैद भुक्तानी बाँकी रहेका एक अभियुक्तलाई सजाय भुक्तानीको लागि जिल्ला कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटकोको तथ्यांकमा उल्लेख रहेको छ।