सर्लाही-२ मा यादवको अग्रता

सर्लाही-२ मा यादवको अग्रता

कहिरन समाचार

र्लाही क्षेत्र नम्बर २ मा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोबीच कडा प्रतिस्पर्धा रहेको छ ।

माआवादी केन्द्रको चुनाव चिन्ह हँसुवा हथौडाबाट निर्वाचन लडेका महेन्द्र राय यादवले हालसम्म एक हजार ११३ मत ल्याएका छन भने लोसपाका नेता महतो ८६२ मत ल्याएका छन् ।

त्यस्तै, एमालेका राजनारायण यादवले ५६६ मत ल्याएका छन् । यसअघि सो क्षेत्रबाट महेन्द्र राय यादवले चुनाव जितेका थिए भने राजेन्द्र महतो धनुषा ३ बाट जितेका थिए । दुवै जना एउटै गठबन्धनमा भएपनि त्यहाँ मित्रवत प्रतिस्पर्धा भएको छ ।