तनहुँको पुट्टारमा मतदान सुरु सकेन

तनहुँको पुट्टारमा मतदान सुरु सकेन

कहिरन समाचार

एमाले कार्यकर्ता पक्राउ  परेपछि तनहुँ घिरिङ-१ पुट्टारको कृष्ण मावि मतदान केन्द्रमा मतदान सुरू हुन सकेको छैन ।

शनिबार घिरिङमा एमाले र कांग्रेस कार्यकर्ताबीच झगडा हुँदा दुई जना एमाले कार्यकर्ता पक्राउ परेका थिए ।  उनीहरूको रिहाइको माग गर्दै मतदान रोकिएको एमाले नेता विष्णुभक्त सिग्देलका बताए ।

‘सत्ताको पहुँच देखाउँदै एमाले कार्यकर्ता मात्र पक्राउ गरियो । उहाँहरूको रिहाइ नभइ मतदान सुरू हुन दिन्नैं’ सिग्देलले भने ।