तराई मधेस जनता पार्टीद्वारा निर्वाचन बहिष्कार घोषणा

तराई मधेस जनता पार्टीद्वारा निर्वाचन बहिष्कार घोषणा

कहिरन समाचार

तराई मधेस जनता पार्टी (टाईगर्स) ले  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । पार्टी र सरकारबीच विगतमा भएको ११ बुँदे सम्झौता कार्यान्वयन नभएकाले निर्वाचन बहिष्कार गर्ने  मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी जनाएको हो ।

पार्टीका केन्द्रीय सचिव मेजर पाण्डेले आफ्ना नेता कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता नभएको र पक्राउ परेका नेता कार्यकर्तालाई रिहा नगरिएकाले बाध्य भएर निर्वाचन बहिष्कार गर्नुपरेको बताए । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्ने, किसानको समस्या समाधान गर्नुपर्ने, बेरोजगारलाई स्वदेशमा रोजगारीको ग्यारेन्टी हुनुपर्ने माग पार्टीको रहेको बताए । उनले पार्टीको विधान विपरीत गतिविधि गरेकाले पार्टीका केन्द्रीय महासचिव रोशन शाहलाई निष्कासन गरिएको पनि बताए ।