१९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

१९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

कहिरन

भोजपुरमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

षडानन्द नगरपालिका-८ बस्ने ५६ वर्षीय चुडाँबहादुर कार्की पक्राउ परेका हुन्।

उनलाई ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको टोलीले मंगलबार पक्राउ परेको हो।

चुडाँबहादुरले किशोरीलाई सोही नगरपालिका-८ आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँसो बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।