दुई जना मृत फेला

दुई जना मृत फेला

कहिरन

बैतडी, सुर्नया गाउँपालिका–१ र ३ को सिमानामा रहेको सिदुन खोलामा दार्चुला नौगाड गाउँपालिका–४ सिप्टी बस्ने ५७ वर्षीय प्रेम सिंह धामी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

कैलालीको चुरेबाट पुस २४ गते घरतर्फ फर्केका उनी घर नपुगेपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यता खोटाङ, खोटेहाङ गाउँपालिका-७ रातमाटा बस्ने ५७ वर्षीय नर बहादुर भुजेल सोही ठाउँस्थित भिरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । घरबाट शुक्रबार बिहान सोही ठाउँस्थित जङ्गलमा खर काट्न भनी गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।