जनकपुरधामको बसपार्कबाट बस चोरी

जनकपुरधामको बसपार्कबाट बस चोरी

कहिरन

जनकपुरधामको बसपार्कबाट एउटा बस चोरी भएको छ ।

ना ४ ख २३२७ नवदुर्गा ट्राभल्स चोरी भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

जनकपुरदेखि महोत्तरीको भिठामोडसम्म चल्ने यो बस हिजो बस पार्कमा पार्किंङ गरी राखिएको थियो ।

सो बस महोत्तरीको पिपरा गाउँपालिका ३ बस्ने कालिन्द्र मिश्राको रहेको छ ।

डिएसपी अवालेका अनुसार अरू जिल्लामा बेवारिसे अवस्थामा रहेको जानकारी आएकोले थप बुझ्ने प्रयास भइरहेको छ ।

आज अपराहन्न ४ बजे बसपार्कमा जाँदा बस नदेखेपछि उजुरी आएको प्रहरीले जनाएको छ ।