रेन्ट लगाएर माछा मार्न खोज्दा दम्पतीको मृत्यु

रेन्ट लगाएर माछा मार्न खोज्दा दम्पतीको मृत्यु

कहिरन

पोखरामा करेन्ट लगाएर माछा मार्न खोज्दा दम्पतीको मृत्यु भएको छ । उनीहरूले पोखरा २९ पटनेरीमा खेतमा पानी लैजाने कुलोबाट करेन्ट लगाएर माछा मार्न खोजेका थिए । उक्त करेन्टले उनीहरूलाई नै घाइते बनायो ।

दुवै जनाको उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मुस्ताङको जोमसोम घर भएका ४६ वर्षीय भीमलाल सुनार  र उनकी श्रीमती ४६ वर्षीय सावित्री सुनार छन् ।