कृषि र रोजगार केन्द्रित कोशी प्रदेशको नीति (पूर्णपाठ)

कृषि र रोजगार केन्द्रित कोशी प्रदेशको नीति (पूर्णपाठ)

कहिरन समाचार

काठमाडौं । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुधबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा कृषि, उद्योग, रोजगारी क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । रोजगारी उल्लेख्य वृद्धि गर्न स्थानीय तहसँगको साझेदारीलाई प्राथमिकता दिइने, प्रदेश गौरवको आयोजना पहिचान गरिने, गरिबी निवारणका उपायाको अध्ययन अनुसन्धान गरिनेलगायत विषय नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै नीति तथा कार्यक्रममा प्रदेश स्तरीय सञ्चार माध्यमहरुलाई नियमन गर्न आवश्यक कानून निर्माण गरिने उल्लेख गरिएको छ । साथै मोरङको विराटनगर महानगरपालिकास्थित बैजनाथपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको प्रादेशिक क्रिकेट मैदान र झापा जिल्लाको कमल गाउँपालिका पाडाजुँगीस्थित आदिवासी जनजाति रंगशालालाई प्रादेशिक रंगशालाको रुपमा विकास गरिने कुरालाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

त्यस्तै विपद व्यवस्थापनका लागि अन्तर निकाय सम्बन्धलाई सुदृढ बनाउने, शिक्षालाई रोजगारमूलक एवं सूचना प्रविधिमैत्री बनाउने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ हेर्न यहाँ क्लीक गर्नुहोस् ।