एक परिवार, एक विद्युतिय चुल्हो मधेस प्रदेशको नीति (पूर्णपाठ)

एक परिवार, एक विद्युतिय चुल्हो मधेस प्रदेशको नीति (पूर्णपाठ)

कहिरन समाचार

काठमाडौं । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ । सरकारको तर्फबाट मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले आव २०८०/०८१ का लागि नीति, कार्यक्रम प्रस्तुत गरेका छन् ।

मधेस प्रदेश सरकारले नीति तथा कार्यक्रममा एक परिवार, एक विद्युतिय चुल्हो कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ । यस्तै रोजगारको अवसरबाट बञ्चित युवाहरुका लागि गरीखाने अभियान संचालन गर्ने नीति लिएको छ ।

मधेश प्रदेश सरकारले बेटी पढाउ, बेटि बचाउन अभियान अन्तर्गत कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल खरिदको लागि विद्यालयमा अनुदान रकम उपलब्ध गराउने भनेको छ । एक नागरिक एक विरुवा भन्ने नाराका साथ बृक्षारोपण अभियानको आरम्भ गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

मधेस प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको छ । निति कार्यक्रममा ‘एक टोल एक सामुहिक कृषि उत्पादन’, ‘एक वडा एक विशेष उत्पादन’, ‘एक पालिका एक उत्पादन क्षेत्र’ लगायतका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

मधेस प्रदेश नीति तथा कार्यक्रमको पूर्णपाठ हेर्न यहाँ क्लीक गनुहोस् ।