कोशी प्रदेशमा दुई अध्यादेश जारी

कोशी प्रदेशमा दुई अध्यादेश जारी

कहिरन समाचार

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषदको सिफारिशमा प्रदेश प्रमुख पर्शुराम खापुङले दुई वटा अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख खापुङले मन्त्रिपरिषदको सिफारिशमा स्थानीय दुई वटा अध्यादेश जारी गरेका हुन् ।

नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम प्रदेश मन्त्रिपरिषदको सिफारिश स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०२८ र प्रदेश निजामती सेवा ऐन, २०७९ (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरिएको प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।