गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त

कहिरन समाचार

काठमाडौं । गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । कांग्रेस संसदीय दलका नेतासमेत रहेका उनलाई बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नियुक्त गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । ​नवनियुक्त मुख्यमन्त्री पाण्डेको शपथ ग्रहण शुक्रवार हुनेछ ।

नेकपा माओवादीले १० चैतमा आफ्नो समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका खगराज अधिकारीले गत शनिबार प्रदेशसभा बैठकमा भएको मत विभाजनमा आवश्यक मत लिन असफल भएपछि नयाँ सरकार गठनको बाटो खुलेको थियो ।

६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, माओवादी केन्द्रका आठ (सभामुखसहित) र एकीकृत समाजवादीका एकजना सदस्य छन् भने एमालेका २२ राप्रपाका दुई रहेका छन् । काँग्रेस र माओवादीका सांसदको समर्थन लिएर पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् ।