बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

कहिरन समाचार

बागमती । बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी विधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

यसैगरी बैठकले युवा वैैज्ञानिक कोष सञ्चालन विधेयकको मस्यौदा तयारीको सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता श्रेष्ठले बताए ।