नक्कली नोटसहित एक महिला पक्राउ

नक्कली नोटसहित एक महिला पक्राउ

कहिरन समाचार

धनुषा । धनुषा प्रहरीले नक्कली नोटसहित एक महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले ७ लाख ७१ हजार रुपैयाँ बराबरका नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका ६ की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको हो ।

उनको साथबाट हजार दरका ४ सय ९२ र ५ सय दरका ५ सय ५९ थान नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोली २५ वर्षीया अनुको ब्यागमा तलासी गर्दा नक्कली नोट बरामद भएको हो ।