कृषि मन्त्रालयका सचिव चढ्ने गाडीको ठक्करबाट दुईजना घाइते

कृषि मन्त्रालयका सचिव चढ्ने गाडीको ठक्करबाट दुईजना घाइते

कहिरन समाचार

कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर लेखराज दाहालले चढ्दै आएको गाडीको ठक्करबाट दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा दैलेखको भैरवी गाउँपालिकाका २७ वर्षीया हरि थापा र एमपी कुमार थापा रहेको सुर्खेत प्रहरीले जनाएको छ । वीरेन्द्रनगरको आँखा अस्पताल अगाडि चोकमा मन्त्रालयको कर्णाली प्रदेश ००१ झ ०१३२ नम्बरको उक्त कारले दुई जना सवार ७६ प २८८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

घाइते दुबै जनाको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेको टाउको र खुट्टामा चोट लागेको छ ।