पीएसजीको जितमा मेस्सीको गोल

पीएसजीको जितमा मेस्सीको गोल

कहिरन समाचार

लियोनल मेस्सीले गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले टुलुसलाई २–१ गोल अन्तरले हराएको हो ।

पीएसजीको घरेलु मैदानमा टुलुसले सुरुवाती अग्रता बनाएको थियो । खेलको २० औं मिनेटमा ब्रान्को भान डेन बोमेनले गोल गर्दै टुलुसलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ३८ औं मिनेटमा हाकिम अच्राफीले गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याए । खेलको ५८ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई २–१ को जित दिलाए ।

जितसँगै पीएसजीले २२ खेलमा ५४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । पराजित टुलुस २९ अंक जोडेर १२ औं स्थानमा छ ।