एट्लेटिको बराबरीमा रोकियो

एट्लेटिको बराबरीमा रोकियो

कहिरन समाचार

एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेमा एट्लेटिकोले गेटाफेसँग १–१ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा एट्लेटिकोले सुरुवाती अग्रता लिएको थियो । एक गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो ।

एट्लेटिकोले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । खेलको ६० औं मिनेटमा एन्जल कोरेयाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।

यता गेटाफेका लागि खेलको ८३ औं मिनेटमा इनेस उनलले पेनाल्टीबाट गोल गर्दै १–१ गोलको बराबरीमा फर्काए । बराबरीसँगै एट्लेटिकोले २० खेलमा ३५ अंक जोडेर तालिकाको चौंथो स्थानमा छ । गेटाफे १८ अंक जोडेर १९ औं स्थानमा छ ।