एन्जोको डेब्यू खेलमा चेल्सीको बराबरी

एन्जोको डेब्यू खेलमा चेल्सीको बराबरी

कहिरन समाचार

एन्जो फर्नान्डेजको डेब्यू खेलमा चेल्सी प्रिमियर लिग फुटबलमा  बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा चेल्सीले फुलहमसँग गोलरहित बराबरीमा खेलेको हो ।

घरेलु मैदानमा अजाको खेलमा चेल्सीका लागि कीर्तिमानी मुल्यमा अनुबन्ध भएका एन्जोले डेब्यू गरेका थिए । चेल्सीले एन्जोलाई पोर्चुगिज क्लब बेन्फिकाबाट १०७ मिलियन युरोमा अनुबन्ध गरेको थियो ।

बराबरीसँगै चेल्सीले २१ खेलमा ३० अंक जोडेर तालिकाको नवौं स्थानमा छ । फुलहम भने २२ खेलमा ३२ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।