भरानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए

भरानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए

कहिरन समाचार

फ्रान्सेली टोलीका रक्षक राफायल भारानेले अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सन्न्यास लिएका छन्।

घरेलु र अन्तर्राष्ट्रिय फुटबलको व्यस्त तालिकाले असर पारेको र परिवारसँग बढी समय बिताउने भन्दै २९ वर्षीय भारानेले बिहिबार अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने निर्णय गरेका हुन्।

‘मैले केही महिनादेखि सन्न्यास लिने सोच बनाएको थिएँ । समय आएपछि निर्णय लिने बताएको थिएँ, आज त्यो समय आएको छ,’ सोसल मिडियामा सन्न्यासको घोषणा गर्दै भारानेले भने।

सन् २०१३ मा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका उनी चार वर्षअघि फ्रान्सले रसिया विश्वकपको उपाधि जित्दा फ्रान्सका प्रमुख खेलाडी थिए। कतार विश्वकप २०२२ मा उपविजेता हुँदासमेत भाराने टोलीमै थिए।

रक्षक भारानेले फ्रान्सको राष्ट्रिय टोलीबाट ९३ क्याप जितेका छन्।

अगस्ट २०२१ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट युनाइटेडका लागि अनुबन्धित भएका भरान विश्वकपपछि सन्यास लिने फ्रान्सका दोस्रो खेलाडी हुन् ।

फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले गत महिना सन्न्यास लिएका थिए ।