सिटी कारबाओ कप फुटबलको क्वाटरफाइनलबाट बाहिरिए

सिटी कारबाओ कप फुटबलको क्वाटरफाइनलबाट बाहिरिए

कहिरन समाचार

म्यानचेस्टर सिटी कारबाओ कप फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ । बुधबार राति भएको खेलमा साउथह्याम्पटनसँग २–० गोलले पराजित भएको सिटी कारबाओ कपबाट बाहिरिएको हो ।

यता बलियो मानिएको टोली सिटीलाई हराउँदै साउथह्याम्पटनले अन्तिम चारमा स्थान बनाएको छ । साउथह्याम्पटनको जितमा सेकोउ मारा र मोउसा जेनेपोले एक एक गोल गरे ।

साउथह्याम्पटनले पहिलो हाफमा नै दुई गोल गरेको हो । खेलको २३ औं मिनेटमा माराले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको २८ औं मिनेटमा मोउसाले गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।