म्यानचेस्टर सिटीले चेल्सीमाथि सहज जीत

म्यानचेस्टर सिटीले चेल्सीमाथि सहज जीत

कहिरन समाचार

म्यानचेस्टर सिटीले चेल्सीमाथि सहज जीत हासिल गर्दै एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार राति इतिहाद स्टेडियममा भएको खेलमा सिटीले ४–० को शानदार जीत हासिल गरेको हो ।

खेलको २३ औँ मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए भने ३० औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै जुलियन अल्भारेजले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । ३८ औँ मिनेटमा फिल फोडेनले अर्को गोल थपे ।
दोस्रो हाफमा महारेजले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको जीत सुनिश्चित गरे । अब सिटीले अर्को चरणमा आर्सनल वा अक्सफोर्ड युनाइटेडको सामना गर्नेछ ।