पहिलो टी–२० खेलमा भारतले श्रीलङ्कामाथि २ रनको जीत

पहिलो टी–२० खेलमा भारतले श्रीलङ्कामाथि २ रनको जीत

कहिरन समाचार

पहिलो टी–२० खेलमा भारतले श्रीलङ्कामाथि २ रनको रोमाञ्चक जीत हासिल गरेको छ । वांखडे स्टेडियममा भएको खेलमा १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलङ्का १ सय ६० रनमा सीमित हुन पुगेको हो ।

शिवम माभीले ४ विकेट लिएपछि श्रीलङ्का जीतको नजिक पुगेर पनि पराजित हुन पुग्यो । श्रीलङ्काका लागि दासुन सानाकाले सर्वाधिक ४५ रन बनाए भने कुशल मेन्डिसले २८ तथा चामिका करुनारत्नेले २३ रनको योगदान दिए । भारतका लागि उमरान मलिक र हर्षल पटेलले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो । भारतका लागि दीपक हुडाले सर्वाधिक ४१ रन बनाए । अक्षर पटेलले ३१ तथा ओपनर ईशान किशनले ३७ रन बनाए । दोस्रो खेल अब पुनेमा बिहीबार हुनेछ ।