लुम्बिनीको सातौं जित

लुम्बिनीको सातौं जित

कहिरन समाचार

नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार्सले सातौं जित हात पारेको छ। मंगलबार भएको खेलमा लुम्बिनीले जनकपुर रोयल्सलाई ५ रनले हरायो।

यसअघि नै प्लेअफमा पुगिसकेको लुम्बिनीले दिएको १७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ५ विकेटको क्षतिमा १७३ रन मात्र जोड्न सक्यो।

जनकपुरका लागि चाडविक वाल्टनले नटआउट ५९ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। ओपनरद्वय ट्रेवन ग्रिफिप्त र शाराफुद्दिन असरफले २६-२६ रन जोडे। सन्दीप जोराले पनि २१ बलमा २६ रन नैं जोडेका थिए।

बलिङमा लुम्बिनीका ह्यारी टेक्टर र विपुल शर्माले २-२ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ६ विकेटको क्षतिमा १७८ रन जोड्यो। लुम्बिनीका लागि हरमित सिंहले ७३ रन जोडे। उनले ४७ बलमा ५ चौका र ६ छक्का हिर्काए। लाहिरु मिलन्थाले ३३ रन बुटले।

बलिङमा जनकपुरका असरफले ३ विकेट लिए।

लिगमा लुम्बिनी ८ खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको जनकपुरको समान खेलबाट १० अंक छ।