दुई खेलाडीले रातो कार्ड पाएको खेलमा बार्सिलोना र इस्प्यान्योलको बराबरी

दुई खेलाडीले रातो कार्ड पाएको खेलमा बार्सिलोना र इस्प्यान्योलको बराबरी

कहिरन समाचार

स्पेनिस ला लिगामा बार्सिलोना र इस्प्यान्योलले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

शनिबार भएको खेलमा बार्सिलोनाले खेलको सातौं मिनेटमै अग्रता लिएको थियो। बार्सिलोनाका लागि अलन्सोले गोल गरेका थिए।

खेलको ७३ मिनेटमा इस्प्यान्योलले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो। जोसेलुले प्राप्त पेनाल्टीमा गोल गरेका थिए।

७८ मिनेटमा बार्सिलोना १० खेलाडीमा सीमित बन्यो। बार्सिलोनाका जोर्डी अल्बालाई रेफ्री एन्टोनियोले दोस्रो पहेँलो कार्ड देखाए। फ्रिकिक हान्ने क्रममा विवाद भएपछि उनलाई रातो कार्ड दिइएको थियो।

रेफ्री एन्टोनियोले फिफा विश्वकप २०२२ अन्तर्गत अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टरफाइनलमा १६ पहेँलो कार्ड र दुई रातो कार्ड देखाएका थिए। जसका कारण उनी विवादित बनेका थिए।

८० मिनेटमा इस्पान्योल पनि १० खेलाडीमा सीमित बन्यो। बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीमाथि फल गरेपछि डे सोउजा कोस्टाले दोस्रो पहेँलो कार्ड पाए।

लिगमा बार्सिलोना १५ खेलबाट ३८ अंक जोड्दै शर्ष स्थानमा छ। दोस्रो स्थानको रियल म्याड्रिडको पनि समान ३८ अंक नै छ। इस्प्यान्योल भने १५ खेलबाट १३ अंक जोड्दै १६औं स्थानमा छन्।