संघर्षपूर्ण खेलमा रियल विजयी

संघर्षपूर्ण खेलमा रियल विजयी

कहिरन समाचार

खेलको अन्तिम ७ मिनेटमा करिम बेन्जेमाले दुई गोल गरेपछि रियल मड्रिडले रियल भालाडोलिडलाई २–० गोलले पराजित गरेको छ । बालोन डि’ओर विजेताको दुई गोलको मद्दतले रियल स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

चोटका कारण विश्वकप गुमाएमा बेन्जेमाले खेलको ८३ औँ मिनेटमा विवादास्पद पेनाल्टीको मद्दतले रियललाई अग्रता दिलाएका थिए । ६ मिनेटपछि एडवार्डो कामाभिंगाको पासमा अर्को गोल गर्दै उनले रियलको जीत सुनिश्चित गरे ।

दुवै टोलीले गोलका थुप्रै अवसरहरु पाए पनि भालाडोलिडका गोलकिपर जोर्डी मासिप र रियलका गोलकिपर थियाबट कोर्टवाले सुन्दर बचाउ गर्दै खेललाई सकिन लाग्दासम्म गोलरहित राख्न सफल भएका थिए । १६ खेलपछि रियलको ३८ अंक रहेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३७ अंक छ । बार्साले रियलभन्दा एक खेल कम खेलेको छ ।