बीबीसीद्वारा मेस्सी वर्ष खेलाडी घोषित

बीबीसीद्वारा मेस्सी वर्ष खेलाडी घोषित

कहिरन समाचार

अर्जेन्टिनाका विश्व विजेता कप्तान लियानेल मेस्सी बीबीसी वर्ष स्पोर्ट पसनालिटीको सन् २०२२ को वर्ल्ड स्पोर्ट स्टार अफ द ईयर घोषित भएका छन् । ३५ वर्षीय मेस्सीले अर्जेन्टिनालाई कतारमा ३६ वर्षपछि विश्वकपको उपाधि दिलाएका हुन् ।

पेरिस सेन्ट जर्मेनका फरवार्डले प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै गोल्डन बलको अवार्ड पनि हात पारेका थिए । प्रतियोगितामा उनले सात गोल गरेका थिए । बार्सिलोनाका पूर्व स्टारालाई सर्वकालिन महान् खेलाडी पनि मानिन्छ ।

मेस्सीले फाइनल खेलमा खेलमा दुई गोल गर्नुका साथै पेनाल्टीबाट गोल गरेपछि अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको थियो ।