ब्राजिलको विश्वकप इतिहास र रोचक तथ्य

ब्राजिलको विश्वकप इतिहास र रोचक तथ्य

कहिरन समाचार

विश्वकप फुटबलमा सर्वाधिक सफल टोली हो, ब्राजिल । ब्राजिल एक मात्र यस्तो टोली हो जसले हालसम्म भएका सबै विश्वकप फुटबल खेलेको छ । सन् १९३० मा उरुग्वेमा भएको विश्वकप फुटबल देखि सन् २०२२ सम्मको विश्वकपमा सहभागिता जनाउने टोली ब्राजिल हो ।

ब्राजिल यो पटकको विश्वकपमा उपाधिको दाबेदार टोली हो । सर्वाधिक पाँच पटक विश्वकप जितेको ब्राजिलले सन् २००२ यता विश्वकप फुटबलको उपाधि जित्न सकेको छैन । ब्राजिलले पहिलोपटक सन् १९५८ मा स्वीडेनमा भएको विश्वकप जितेको थियो । त्यसपछि ब्राजिलले सन् १९६२ को विश्वकप पनि जित्यो ।

उक्त विश्वकप जित्दै ब्राजिलले लगातार दुई पटक विश्वकप जित्ने टोलीको रुपमा आफूलाई स्थापित गर्यो । त्यसअघि इटालीको नाममा रहेको कीर्तिमान ब्राजिलले भंग गर्न सफल भयो । ब्राजिलले १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्वकपको उपाधि जितेको छ । सन् २००२ यता ब्राजिलले त्यसयता त्यसयता एक पटक मात्र सेमिफाइनलमा पुगेको छ । ब्राजिल सन् १९५० र १९९८ मा फाइनसम्म पुगेको थियो ।

तर, उपाधि भने जित्न सकेन । ब्राजिल दुई पटक तेस्रो पनि भएको छ । सन् १९३८ र १९७८ मा तेस्रो भएको हो ।

यस्ता छन्, ब्राजिल विश्वकपका इतिहासका तथ्य  

ब्राजिल सन् १९३० मा भएको उद्घाटन विश्वकपमा सहभागि भएका १३ टिम मध्यको एक हो ।

ब्राजिलका भाल्देमार डे ब्रिटो सन् १९३४ मा विश्वकपको फाइनलमा पेनाल्टी मिस गर्ने पहिलो खेलाडी हुन् । २७ मे १९३४ मा ब्राजिलको स्पेनसँग ३–१ ले हार्दा डी ब्रिटोले पेनाल्टी मिस गरेका थिए । सन् १९३४ को फाइनलमा ब्राजिलको त्यो एक मात्र खेल थियो ।