यूएईविरुद्ध बलिङमा नेपाल

यूएईविरुद्ध बलिङमा नेपाल

कहिरन समाचार

घरेलु टोली नेपालले युएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर पहिले ब्याटिङ रोजेर नेपाललाई फिल्डिङको निम्तो दिएको हो ।

आजको खेलमा नेपाल जित निकाल्दै सिरिज जोगाउने योजनामा छ । सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । यता यूएई दोस्रो खेलमा जित निकाल्दै एक खेल अगाबै सिरिज जित्ने योजनामा छ । तीन खेलको सिरिजमा युएई १–० ले अघि छ ।

युएई र नेपालबीचको तेस्रो तथा अन्तिम खेल भने शुक्रबार हुनेछ ।