क्रुसले पहिलो रातो कार्ड पाउँदा रोकियो रियल

क्रुसले पहिलो रातो कार्ड पाउँदा रोकियो रियल

कहिरन समाचार

टोनी क्रुस करियरमा पहिलोपटक रातो कार्ड खाँदै मैदान छाड्न बाध्य हुँदा रियल मड्रिड जिरोनासँग बराबरी खेल्न बाध्य बनेको छ । आइतबार राति भएको खेलमा रियल १–१ गोलको बराबरीमा रोकिएको हो । बराबरीका बाबजुद रियल स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

खेलको ७० औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर भेटरान क्रिस्टियन स्टुआनीले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरे । खेलको अन्त्यतिर रोड्रिगोको गोललाई रद्द गरिएको थियो भने क्रुसले इन्जुरी समयमा दोस्रो पहेँलो कार्ड पाएका थिए । ​बराबरीपछि १२ खेलबाट रियलको ३२ अङ्क रहेको छ । जिरोनामा रेलिगेसन जोनमा रहेको छ ।