रियल मड्रिडको सहज जित

रियल मड्रिडको सहज जित

कहिरन समाचार

रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा शनिबार राति सानदार जित निकालेको छ । घरेलु मैदानमा रियलले सेभियामाथि ३–१ को सहज जित निकाल्यो । जितसँगै शीर्षस्थान बलियो बनाएको छ । दोस्रो स्थानको बार्सिलोनाले गत हप्ता बर्नवेउको रियल मड्रिडसँग हार ब्यहोरेको थियो ।

रियलको जितमा लुका मोड्रिच, लुकास भास्क्वेज र फेडे भाल्भेर्डेले एक एक गोल गरे । जितसँगै रियल ११ खेलबाट ३१ अंक जोडेर शीर्ष स्थानमा छ । पराजित सेभिया १० अंक जोडेर १४औं स्थानमा छ ।