जेरार्ड बर्खास्त

जेरार्ड बर्खास्त

कहिरन समाचार

बिहीबार फुलहमसँग ३–० ले पराजित भएपछि प्रिमियर लिग क्लब एस्टन भिल्लाले स्टेभन जेरार्डलाई क्लबको म्यानेजर पदबाट बर्खास्त गरेको छ । क्लबका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै जेरार्डको कठिन परिश्रम र प्रतिबद्धताका लागि धन्यवाद दिँदै भविष्यमा उनको सफलताको कामना गरेका छन् ।

सिजन भिल्लाले मात्र दुई खेल जितेको छ भने मात्र गोल अन्तरको आधारमा रेलिगेसन क्षेत्रभन्दा बाहिर रहेको छ । सन् २०२१ को नोभेम्बरमा रेन्जर्स क्लब छाड्दै उनले भिल्लाको नेतृत्व सम्हालेका थिए । तर ४२ वर्षीय इंग्ल्याण्डका पूर्व मिडफिल्डरले ११ महिना नेतृत्व सम्हाल्दा भिल्लालाई ४० खेलमा मात्र १३ मा जीत दिलाउन सके ।

फुलहमविरुद्धको खेलपछि उनले आफू ‘फाइटर’ भएको बताउँदै अन्तिम समयसम्म संघर्ष गर्ने प्रतिक्रिया दिएका थिए । तर त्यसको एक घण्टापछि नै उनी बर्खास्तीमा परेका थिए । जेरार्डको स्थानमा पेरिस सेन्ट जर्मेन र टोटनहमका पूर्व म्यानेजर माउरियो पोचेटिन्हो, आर्सनलका पूर्व म्यानेजर उनाई एम्रे, क्यूपीआरका म्यानेजर मिक बिएल, चेल्सीका पूर्व म्यानेजर थोमस टुकल लगायतको नाम चर्चामा रहेको छ ।