नापोलीको लय कायम

नापोलीको लय कायम

कहिरन समाचार

इटालीयन सिरी ए अन्तर्गत आइतबार राति बोलोग्नामाथि ३ २ को जित निकाल्दै नापोलीले उच्च लय कायम राखेको छ । बोलोग्नामाथिको जितसँगै नापोलीले शीर्षस्थानमा दुई अंकको अग्रता कायम राखेको छ ।

प्रतिस्पर्धात्मक बनेको खेलमा नापोलीलाई घरेलु मैदानमा जित दिलाउन जुआन जेसुस, हिर्भिन्क लोजानो र भिक्टर ओसिमहेनले एक-एक गोल गरे । बोलोग्नाको लागि जोसुआ र लुकासले गोल गरेपनि त्यो पर्याप्त थिएन ।

जितसँगै नापोली १० खेलबाट २६ अंक सहित तालिकाको शीर्षस्थानमा छ । बोलोग्ना समान खेलबाट सात अंक सहित १७ औं स्थानमा छ ।  राति नै भएको अर्काे खेलमा एसी मिलानले हेलास भेरोनालाई २–१ ले पराजित गरेकाे छ ।