पीएसजी शीर्ष स्थानमा उक्लियो

पीएसजी शीर्ष स्थानमा उक्लियो

कहिरन समाचार

किलियान एम्बाप्पेले खेलको अन्त्यतिर गोल गरेपछि पेरिस सेन्ट जर्मेनले निसलाई हराउँदै लिग वानको शीर्ष स्थानमा पुनः उक्लिएको छ । शनिबार राति भएको खेलमा पीएसजी २–१ गोल अन्तरले विजयी बनेको हो ।

लियोनेल मेस्सीले पहिलो हाफमा फ्रिकिकबाट गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको सुरुवातमा नै गेइटान लाब्रोडेले बराबरी गोल फर्काएका थिए । खेल बराबरीतर्फ अघि बढिरहँदा ८३ औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

यो सबै प्रतियोगितामा पीएजसीको लगातार सातौँ जीत थियो । ९ खेलपछि २५ अंक बटुल्दै टोली लिगको अंक तालिकामा शीर्ष स्थानमा रहेको छ ।