फ्रान्ससँग अष्ट्रीया पराजित

फ्रान्ससँग अष्ट्रीया पराजित

कहिरन समाचार

युइएफए नेसन्स लिगमा अष्ट्रीयालाई २-० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको छ ।

फ्रान्सको जितमा फरवार्डद्धय केलियन एमबाप्पे र ओलिभर जिरुडले गोल गरे ।  ५६ औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरे । ६५ औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।

जितसँगै फ्रान्स लिग ए ग्रुप १ मा ५ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित अष्ट्रीया ४ अंक जोडेर पुछारमा छ ।