युक्रेन स्कटल्यान्डसँग पराजित

युक्रेन स्कटल्यान्डसँग पराजित

कहिरन समाचार

स्कटल्यान्डसँग ३–० ले पराजित हुँदा  युक्रेनले युइएफए नेसन्स लिगमा पहिलो हार बेहोरेको छ । बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा लेन्डन डेकेसले दुई गोल गरे । जोन म्याक्जिनले एक गोल थपे ।

खेलको ७० औं मिनेटमा जोन स्कटल्यान्डलाई १–० को अग्रता दिलाए । ८० औं मिनेटमा डेकेसले दोब्बर  अग्रता बनाए ।  ८७ औं मिनेटमा डेकेसले तेस्रो गोल गरे ।

हारसँगै समूह बी को ग्रुप १ मा युक्रेन ४ खेलमा ७ अंक जोडेर दोस्रो स्थानमा छ । स्कटल्यान्ड चार खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।