आज नेपालले बंगलादेशको सामना गर्दै

आज नेपालले बंगलादेशको सामना गर्दै

कहिरन समाचार

काठमाडौं । बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले आज बंगलादेशको सामना गर्ने भएको छ ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा  नेपाल र बंगलादेशबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ । लगातार तीन खेलमा हार व्यहोरेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ ।

समूह ‘बी’ मा रहेको नेपाल अंक विहीन रहदै समूहको पुछारमा रहेको छ । नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको छ ।  तर, नेपाल अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ  ।