युभेन्टस्बे न्फिकासँग हार्यो

युभेन्टस्बे न्फिकासँग हार्यो

कहिरन समाचार

पोर्चुगिज क्लब बेन्फिकाले इटालियन क्लब युभेन्टस्‌लाई च्याम्पियन्स लिग फुटबलमा हराएको छ । बुधबार राति भएको खेलमा बेन्फिकाले युभेन्टस्‌लाई २–१ गोल अन्तरले हराएको हो ।

युभेन्टस्‌को घरेलु मैदानमा भएको खेलमा सुरुवाती लिएको अग्रता जोगाउन नसक्दा हार व्यहोरेको हो । खेलको चौंथो मिनेटमा मिलिकले गोल गर्दै युभेन्टस्‌लाई अग्रता दिलाएका थिए ।

यता बेन्फिकाका लागि खेलको ४३ औं मिनेटमा जोआ मारियोले पेनाल्टीमा गोल गर्दै टिमलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ५५ औं मिनेटमा डाभिड नरेसले गोल गर्दै बेन्फिकालाई २–१ को जित दिलाए ।

जितसँगै बेन्फिकाले दुई खेलमा ६ अंक जोडेर समूह एचको दोस्रो स्थानमा छ । यता लगातार दोस्रो हार ब्यहोरेको युभेन्टस् अंक विहीन हुँदै तेस्रो स्थानमा छ ।