अमेरिकामाथि आयरल्याण्डको शानदार जीत

अमेरिकामाथि आयरल्याण्डको शानदार जीत

कहिरन

काठमाडौँ । आईसीसी यू–१९ विश्वकपको पहिलो खेलमा आयरल्याण्डले अमेरिकालाई ७ विकेटले पराजित गरेको छ । समूह ए अन्तरगत अमेरिकाले प्रस्तुत गरेको १ सय ६ रनको लक्ष्य आयरल्याण्डले मात्र २२.५ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो ।

आयरल्याण्डलाई जीत दिलाउन ओपनर रायन हन्टरले नटआउट रहँदै अर्धशतकीय पारी खेले । उनले ६३ बलमा ५० रन बनाए । त्यस्तै, कियान हिल्टन र कप्तान फिलिपस ले रक्सले २३–२३ रनको योगदान दिए । अमेरिकाका लागि आर्या गर्गले ३ तथा कुश भलालाले १ विकेट हात पारे ।

यसअघि रुबेन विल्सन र ओलिभर राइलीले घातक बलिङ गरेपछि अमेरिका ४०.२ ओभरमा १ सय ५ रनमा समेटिएको थियो । आयरल्याण्डका लागि जोन म्याकनेलीले २ विकेट लिए । उता अमेरिकाका लागि कुश भलालले २२ रन, पार्थ पटेलले १३ रन र अमोघ अरेपालीले ११ रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।