धर्म महर्जनले टाटा मुम्बई म्याराथनमा सहभागिता

धर्म महर्जनले टाटा मुम्बई म्याराथनमा सहभागिता

कहिरन

ट्रान धावक धर्म महर्जनले टाटा मुम्बई म्याराथनमा सहभागिता जनाउने भएका छन् । जनवरी २१ तारिखमा हुने उक्त म्याराथन (४२.१९५ किलोमिटर दूरी) मा धर्मले ५० वर्षमाथिको उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

धर्मले यसअघि पनि विश्वका प्रसिद्ध बोस्टन, बर्लिन, लन्डन र टोकियो म्यारथानमा सहभागिता जनाइसकेका छन् । यसबाहेक धर्मले विभिन्न दूरीको अन्तर्राष्ट्रिय दौडमा पनि सहभागिता जनाइसकेका छन् ।

धर्म जापानको किताकामीमा सन् २०१४ मा आयोजना भएको १८औँ एसियाली मास्टर्स एथलेटिक्सको १० हजार मिटर दौडका कांस्य विजेता हुन् ।