कोपा इटालियामा एसी मिलान पराजित

कोपा इटालियामा एसी मिलान पराजित

कहिरन

कोपा इटालियामा एसी मिलान पराजित भएको छ । बुधबार राति भएको क्वाटर फाइनल खेलमा एटलान्टसँग २–१ गोलको हार व्यहोरेपछि एसी मिलान प्रतियोगिताबाटै बाहिरिएको छ ।

पहिलो हाफको ४५ औँ मिनेटमा एसी मिलानले अग्रता लिएको थियो । तर उक्त अग्रता जोगाउन असफल हुँदा प्रतियोगिताबाट बाहिर भयो ।

४५ औँ मिनेटमा राफेल लियोले थियो हर्नान्डेजको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, पहिलो हाफकै अतिरिक्त दोस्रो मिनेटमा टियुन कोपमिनरले इमिल होल्मको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

५७ औँ मिनेटमा एसी मिलानका खेलाडीले फल गरेपछि भीआरएको मार्फत चेक गरेर एटलान्टाले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीलाई टियुन कोपमिनरले गोलमा परिणत गर्दै २–१ को पुनरागमन जित दिलाए ।

सेमिफाइनलमा अव एटलान्टाले फ्लोरेन्टिनासँग खेल्ने छ । यस्तै, अर्को क्वाटरफाइनल खेलमा लाजियोले रोमालाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

माटिया जाकाग्नीले ५१ औँ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै लाजियोलाई सेमिफाइनल पु¥याउन पर्याप्त भयो । दोस्रो हाफको अतिरिक्त समयमा लाजियो १० तथा रोमा ९ खेलाडीमा सीमित भएका थिए ।