रियलको सहज जित

रियलको सहज जित

कहिरन समाचार

स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ । मंगलबार राति भएको रियलले सेल्टिकलाई ३-० गोल अन्तरले हराउँदै विजयी सुरुआत गरेको हो ।

समूह चरणको पहिलो खेलमा रियललाई जित दिलाउन भिनिसियस जुनियर, लुका मोड्रिच र इडेन हाजार्डले एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा गोल गरेको हो । खेलको ५६ औँ मिनेटमा जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । मोड्रिचले खेलको ६० औँ मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।  ७७ औँ मिनेटमा हाजार्डले गोल गर्दै रियललाई ३-० को जित दिलाए ।

जितसँगै समूह एफको रियलले ३ अंक जोडेको छ । यता  सेल्टिकले हारबाट सुरुआत गरेको छ । मंगलबार राति नै भएको अर्को खेलमा बेन्फिकाले मक्काबी हाइफालाई २-० ले हराएको छ । त्यस्तै अर्को खेलमा इटालियन क्लब एसी मिलानले साल्जवर्गसँग १-१ गोलको बराबरी खेलेको छ ।