साफ यू–१७ मा नेपाल भुटानसँग खेल्दै

साफ यू–१७ मा नेपाल भुटानसँग खेल्दै

कहिरन समाचार

फ यू–१७ पुरुष फुटबलमा नेपालले आफ्नो पहिलो खेलमा आज  भुटानको सामना गर्दैछ । श्रीलंकामा जारी प्रतियोगिता कोलम्बोको रेस कोर्स ग्राउन्डमा हुनेछ ।

नेपाल र भुटानबीचको राति ८:१५ बजे सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै नेपाल प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ ।

यता पहिलो खेलमा भारतसँग हारेको भुटान आजको खेलमा नेपाललाई हराएर प्रतियोगितामा पहिलो जित निकाल्ने योजनामा छ ।

सोमबार भएको उद्घाटन खेलमा भुटान भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो । नेपाल रहेको समूहमा ‘बी’ मा भारत र भुटान छन् । यस समूहमा भारतले एक खेलमा ३ अंक जोडेको छ ।

नेपालले दोस्रो खेलमा भारतसँग शुक्रबार खेल्नेछ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।