आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा उक्लने अवसर गुमायो

आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा उक्लने अवसर गुमायो

कहिरन

फुलहमसँग स्तब्ध हुँदै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । आइतबार भएको खेलमा टोली १–२ गोलले स्तब्ध बन्यो

खेलको सुरुवातमा नै बुकायो शाकाले आर्सनललाई अग्रता दिलाएका थिए । तर २९ औँ मिनेटमा राउल जिमिनेजले फुलहमका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफमा बबी डेकोर्डोभा रिडले गोल गर्दै फुलहमलाई जित दिलाए । पराजयपछि आर्सनल २० खेलबाट ४० अङ्कसहित लिगको चौथो स्थानमा रहेको छ । फुलहम भने लगातार ३ खेलको हारको शृङ्खला रोक्दै लिगको २४ अङ्कसहित १३ औँ स्थानमा छ ।

आइतबार नै भएको खेलमा टोटनह्याम हटस्पर्सले बोर्नेमाउथलाई ३–१ गोलले हरायो । स्पर्सको जीतमा  पापे सार, सान ह्युङ मिन र रिचार्लिसनले एक–एक गोल गरे ।

खेलको अन्त्यतिर एलेक्स स्कटले बोर्नेमाउथका लागि सान्त्वना गोल गरे । २० खेलबाट ३९ अङ्कसहित स्पर्स लिगको पाँचौँ स्थानमा रहेको छ । बोर्नेमाउथ भने २५ अङ्कसहित १२ औँ स्थानमा छ ।