फुटबलमा चेल्सीले क्रिष्टल प्यालेसविरुद्ध जित

फुटबलमा चेल्सीले क्रिष्टल प्यालेसविरुद्ध जित

कहिरन

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिष्टल प्यालेसविरुद्ध कठिन जित निकालेको छ । एक–एक गोलको बराबरीतर्फ उन्मुख खेलमा चेल्सीले ८९ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै २–१ को नतिजा निकालेको हो ।

मिखेलो मुडरेकले १३ औँ मिनेटमा मालो गुट्सोको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा ाक्रिष्टलले बराबरी गरेको थियो ।

जाडोर्न अवेइको पासमा मिचले वलिसले गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । अन्तिमसम्म यही नतिजा रहने सम्भावना रहे पनि ८५ औँ मिनेट क्रिष्टलका खेलाडीले खराब ट्याकल गर्दा भारको सहायताले पेनाल्टी दिइएको थियो ।

८९ औँ मिनेटमा चुकुवुनोन्सो ट्रिस्टनमडुकेले गोल गर्दै अन्ततः चेल्सीलाई २–१ को जित दिलाए । जितसँगै चेल्सी प्रिमियर लिग तालिकामा २५ अङ्कका साथ दशौं स्थानमा रहेको छ । पराजित भएको क्रिष्टल भने १८ अङ्कका साथ १५ औँ स्थानमा छ ।