म्यानचेस्टर युनाइटेडले सन् १९३० यताकै खराब यात्रा

म्यानचेस्टर युनाइटेडले सन् १९३० यताकै खराब यात्रा

कहिरन

म्यानचेस्टर युनाइटेडले आफ्नो खराब यात्रा जारी राख्दै प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडसँग पराजित भएको छ । शनिबार वेस्ट ह्यामविरुद्धको २–० को पराजय यो सिजन सबै प्रतियोगितामा टोलीको १३ औँ हार थियो । सन् १९३० यता युनाइटेडले गरेको यो सबैभन्दा खराब सुरुवात हो ।

वेस्ट ह्यामले दोस्रो हाफमा ६ मिनेटको अन्तरमा दुई गोल गरेको थियो । ७२ औँ मिनेटमा जारोड बोवेनले वेस्ट ह्यामलाई अग्रता दिलाए भने लगत्तै मोहामेद कुडुसले अर्को गोल थपे । प्रिमियर लिगमा यो सिजन युनाइटेडको आठौँ हार थियो ।

पछिल्ला सात खेलमा टोलीले मात्र एक खेल जित्न सकेको छ । पराजयसँगै युनाइटेड १८ खेलबाट २८ अङ्क बटुल्दै लिगको आठौँ स्थानमा खस्किएको छ । वेस्ट ह्याम भने ३० अङ्कसहित छैटौँ स्थानमा उक्लिएको छ ।