नेपाल सुपर लिग फुटबलमा आज धनगढी काठमाडौँ प्रतिस्पर्धा

नेपाल सुपर लिग फुटबलमा आज धनगढी काठमाडौँ प्रतिस्पर्धा

कहिरन

काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफसी र काठमाडौँ रेजर्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
साँझ ६ बजे खेल दशरथ रंगशालामा हुनेछ ।

धनगढी आजको खेल जित्दै शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने प्रयासमा रहँदा काठमाडौँ पनि शीर्षस्थानको धनगढीसँग अंक बराबरी गनेयोजनामा हुनेछ  ।

अहिलेसम्मका खेलमा धनगढी अपराजित रहेको छ । धनगढीले खेलेका ५ खेलमा तीनमा जित र दुईमा बराबरी गर्दै ११ अंक जोडेको छ ।

यस्तै, दुईमा जित, दुईमा बराबरी र एकमा हार बेहोरेको काठमाडौँ ८ अंकसहित चौथो स्थानमा छ ।