हृदयाघातका कारण लुटनका कप्तान मैदानमै ढले‍‍

हृदयाघातका कारण लुटनका कप्तान मैदानमै ढले‍‍

कहिरन

हृदयाघात भएपछि मैदानमा ढल्न पुगेका प्रिमियर लिग टोली लुटन टाउनका कप्तान टम लोकयरको अवस्था ‘स्थिर’ रहेको बताइएको छ । शनिबारको घटनापछि बोर्नेमाउथविरुद्धको खेल स्थगित गरिएको छ ।

दोस्रो हाफको मध्यतिर टमको उपचार जारी रहँदा दुवै टोलीका खेलाडीहरूलाई मैदानबाहिर लगिएको थियो । २९ वर्षीय खेलाडी होसमा आएपछि उनलाई तालीको गडगडाहटबिच स्ट्रेचरमा मैदानबाट बाहिर ल्याइयो । त्यसपछि उनलाई तत्काल अस्पताल लगिएको थियो ।

लुटनले एक विज्ञप्ति जारी गर्दै टमको अवस्था स्थिर रहेको र उनको थप स्वास्थ्य परीक्षण भइरहेको जानकारी दिएको छ । उता खेल रद्द गरिएको जानकारी दिइएपछि दुवै टोलीका खेलाडीहरू पुनः एकपटक मैदानमा आएर समर्थकहरूलाई धन्यवाद दिएका थिए ।

टम यसअघि गत मेमा कोभेन्ट्रीविरुद्धको प्लेअफको फाइनल खेलमा पनि मैदानमा ढल्न पुगेका थिए । उनको मुटुको शल्यक्रियापछि गत जुनमा मात्र मैदानमा फर्कने अनुमति पाएका थिए ।