१९ वर्ष मुनिको एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई हरायो

१९ वर्ष मुनिको एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई हरायो


काठमाडौँ । १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसंग पराजित भएको छ । आज भएको पहिलो खेलमा नेपाल पाकिस्तानसंग ७ विकेटले पराजित भएको हो ।

जितका लागि नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । पाकिस्तानको जितमा अजान अवैसले अविजित रहँदै सर्बाधिक ५६ रनको योगदान गरे । साद बैगले ५० तथा मोहम्मद जिशानले २० रन बनाए । शाहजेब खानले १५ रन बनाए ।

बलिङतर्फ गुल्सन झाले २ तथा आकाश त्रिपाठीले एक विकेट लिए । त्यसअघि आसीसी एकेडेमी क्रिकेट रंगाशालामा टस हारेर पहिले ब्याटिङ थालेको नेपाल ४७.२ ओभरमा अलआउट हुँदै १५२ रनमा समेटिएको थियो ।

नेपालका लागि उत्तम मगरले अर्धसतकिय पारी खेल्दै सर्बाधिक ५१ रनको योगदान गरे । दिपेश कँडेलले ३१ ,अर्जुन कुमालले २१, शुभाष भण्डारीले ८,तिलक भण्डारीले ७ तथा आकाश त्रिपाठीले ६ रन जोडे । गुल्सन झा,बिशाल बिक्रम केसीले १/१ रन बनाउँदा कप्तान देब खनाल र बिपिन रावलले खाता नै खोल्न सकेनन् ।

बलिङतर्फ मोहम्मद जिशानले सर्बाधिक ६ तथा आमिर हसनले २ विकेट लिए ।