विश्वकप क्रिकेटमा आज अफ्गानिस्तान र नेदरल्याण्ड्स भिड्ने

विश्वकप क्रिकेटमा आज अफ्गानिस्तान र नेदरल्याण्ड्स भिड्ने

कहिरन

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अफ्गानिस्तान र नेदरल्याण्ड्स भिड्दैछन् । खेल दिउसो सवा दुई बजे लखनउमा सुरु हुनेछ ।

अफ्गानिस्तान प्रतियोगितामा चौथो जितको खोजीमा छ भने नेदरल्याण्ड्स तेस्रो जितको खोजीमा छ । आजको खेल जितेको खण्डमा अफ्गानिस्तानको सेमिफाइनल पुग्ने संभावना जिवित रहनेछ ।

यसअघि हिजोको खेलमा श्रीलंकालाई हराउँदै आयोजक भारत सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।

समुह चरणमा लगातार सातौं जित निकाल्ने क्रममा भारतले श्रीलंकालाई ३ सय २ रनको विशाल अन्तरले हरायो । रनको आधारमा विश्वकप क्रिकेटमा यो अहिलेसम्मको सबैभन्दा ठूलो जित हो ।

जितसँगै भारत अन्तिम दुई खेल बाँकी छँदै सेमिफाइनलमा पुग्न सफल भयो । भारतको ७ खेलबाट १४ अंक भएको छ ।

समान खेलबाट १२ अंक जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । अष्ट्रेलिया र न्युजिल्याण्डको ८–८ अंक छ भने पाकिस्तान र अफ्गानिस्तानले ६–६ अंक जोडेका छन् ।