त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि युएईलाई

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि युएईलाई


काठमाडौँ । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि युएईले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाईनल खेलमा युएईले नेपालमाथि चार विकेटको जित निकाल्दै नेपाललाई स्तब्ध बनाएको हो ।

जितका लागि नेपालले दिएको १६३ रनको युएईले १ बल अगाबै ६ विकेटको क्षतिमा पुरा गर्यो । युएईको जितमा कप्तान मोहम्मद वासीमले सर्बाधिक ४५ रन बनाए । २२ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गर्दा गुल्सन झाको बलमा आउट हुन पुगे ।

बृत्य अरबिनले २६,आयान शर्माले २५ रन जोड्दा बसिल हमिदले अबिजित २२ रनको योगदान गरे ।

त्यस अघि युएईले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १६२ रन बनाउन सक्यो ।

नेपालका लागि कुशल भुर्तेलले अर्धसतकिय पारी खेले पनि कुशल मल्ल,गुल्शन झा सस्तैमा समेटिएपछि नेपालले राम्रो स्कोर बनाउन सकेन ।